काठमाडौं / काठमाडौंको शंखमूलमा रहेको नेरीक एकेडेमीले आफ्नो १९औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० शनिवार सम्पन्न गरेको छ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी नेशनल प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष अमृत कुमार खड्काले नेरीक एकेडेमीले गुणस्तरिय शिक्षा प्रदान गर्दै विधार्थीको चौतर्फी विकासका लागि आफूलाई अग्रणी संस्थाको रुपमा स्थापित गरेकोमा धन्यवाद दिए । उनले विधालयको चार खम्वा विधार्थी, अभिभावक, शिक्षक र प्रशासन विच सन्तुलन कायम गर्न सकेमा गुणस्तरीय शिक्षा प्राप्त हुने विश्वास ब्यक्त गरे ।
सो अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रशान्त ढकालले बर्तमानमा समय सुहाउदो र माटो सुहाउदो विश्व वजारमा प्रतिस्पर्धि जनशक्ति तयार गर्न आधुनिक प्रविधियूक्त शिक्षा र संकारयुक्त शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विधालयका निर्देशक डा. मन वहादुर खत्री, प्रधानाध्यापक मिलन कॅडेल, संचालक समिती सदस्य प्रा. डा लोकराज रेग्मी, मेघ केसी, शालिग्राम गौतम, कृष्ण पौडेल, नेशनल प्याब्सनन काठमाडौंका उपाध्यक्ष प्रेम भुजेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावक र शिक्षक तथा विद्यार्थीहरूले बार्षिकोत्सवको शुभकामना दिए ।
विधालयकै छात्र(त्रा द्वारा सञ्चालित अभिभावक एंव वार्षिक उत्सव कार्यक्रमका अवसरमा जुनियर मन्टेश्वरी र सिनियर विद्यार्थीद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा विज्ञान र प्रविधी सम्वद्ध प्रदर्शन, विधार्थीको सिप सिकाई र कला प्रदर्शन पनि गरिएको थियो ।





