शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सत्ता समिकरण फेरियो : एमाले, रास्वपा र जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

सत्ता समिकरण फेरियो : एमाले, रास्वपा र जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

बागलुङ/गठबन्धन टुटेको छ ।मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच अविश्वास बढ्दै गएपछि गठबन्धन टुटेको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ ।
पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एकएकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।
आइतबार राती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे सहमति भएको थियो ।
बिहान सबै दलले आ–आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातीको सहमतिबारे ब्रिफिङ गरेका थिए ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->