शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

पोखरा/पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाख १ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महायज्ञ हुने आयोजक संस्था श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
महायज्ञमा पीठाधीष हरिहर सन्यास आश्रम देवघाटधामका प्रमुख वाचक अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराज रहने संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीषहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदीक गुरुकुलहरुको संचालनमा सहयोग गर्ने उनले बताए ।
मुलुक धर्म, संस्कार र संस्कृतिप्रति गम्भिर रहँदै आफुहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको उनले बताए । धर्मसंस्कृति माथि अतिक्रमणप्रति सजग रहँदै धार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश प्रवाह गर्न महायज्ञ आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->