पोखरा / विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।
समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।
यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।






