बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङ नगरमा रंग प्रयोग गरिएका खाद्यवस्तु विक्रीमा प्रतिबन्ध

बागलुङ नगरमा रंग प्रयोग गरिएका खाद्यवस्तु विक्रीमा प्रतिबन्ध


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

बागलुङ / बागलुङ बजारमा तयारी मिठाई र चटपटमा अखाद्य रंग भेटिएपछि बागलुङ नगरपालिकाले अखाद्य रंग प्रगोग गर्न निषेध गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारमा रंग प्रयोग गरिएका खाद्य सामाग्री बिक्री बितरणका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अखाद्य रंगको प्रयोगले नागरिकको स्वास्थ्यमाथी गम्भिर असर गर्ने भन्दै अखाद्य रंग प्रयोग गर्न प्रतिवन्ध लगाएको नगरपालिकाले जनाएको छ । पटक–पटक अखाद्य रंगको प्रयोग नगर्न गराईएको सेचतलाई बेवास्ता गरेपछि बागलुङ नगरपालिका भित्र अखाद्य रंगको प्रयोग गर्न रोक लगाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

बजारमा पाइने तयारी मिठाइ तथा चनाचटपटमा अखाद्य रंग प्रयोग भएको भेटिएपछि रंग प्रयोग गर्न निषेध गरिएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए । खाद्य रंगको प्रयोगले क्यान्सर लगायतका घातक रोग निम्ताउने भन्दै एक वर्षदेखि व्यवसायीलाई गराइएको सचेतनालाई बेवास्ता गरेपछि निेषध गरिएको हो ।

दशैतिहारमा अखाद्य रंग प्रयोग भएको झिनिया र मिठाई भेटिएकोमा सचेत गरेर छाडिएको थियो । माघ अन्तिम साताको अनुगमनमा थप मिठाइमा समेत रंगको मात्रा बढाएको भेटिएको थियो ।
जेरी, अन्य मिठाइ, लड्डु तथा तराइबाट प्लाष्टिकको प्याकेटमा आउने अन्य मिठाइमा समेत कडा रंग प्रयोग भएको भेटिएको हो । स्वास्थ्यमा गम्भिर समस्या आउने रंग भएको मिठाई जन्य पदार्थ विक्रि नगर्न पटक–पटक सचेत गराउदा समेत व्यवसायीले अटेरी गरेपछि निषेध गर्नुपर्ने उपप्रमुख खड्काले वताए ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रेष्ठका अनुसार २ सय पिपिएम मात्राको रंग प्रयोग भएको खाद्यबस्तु बयस्कका लागि खान योग्य हुने भएपनि व्यवसायीले मनलाग्दी ढंगले बढी रंग प्रयोग गरिएको भेटिएकाले निषेश गरिएको हो ।

श्रेष्ठले भने, ‘खाद्य पदार्थमा रंग राख्न पाइन्छ भन्दैमा व्यवसायीले मनोमानी गरे, पटक–पटकको आग्रहलाई लत्याए, खुला प्रयोगमा २ सय पिपिएमको रंग खान मिल्छ, तर तेलमा पकाएपछि सबै अखाद्य बन्छ, क्यान्स लाग्न सक्ने तत्व उत्पादन हुन्छ” श्रेष्ठले भन्नुभयो “बालबालिकालाई त ५० पिपिएम भन्दा बढी रंग प्रयोग गर्न मिल्दैन, तिहारमा बिक्रि गरिएका रङ्गी बिरङ्गी झिनियाँले क्यान्सर बनाउने तत्व उत्पादन गर्छ, उपभोक्ताले रङ्ग मिसाएको झिनिया प्रयोग गर्नुहँदैन ।’

बिद्यालय आसपासका पसलमा रंग प्रयोग भएका बढी मिठाइ र चकलेटहरु बिक्री हुने गरेको भेटिएपछि विद्यालय प्रशासनले सेतम नियमन गर्नका लागि विद्यालयमा पत्रचार गर्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बालबालिकाको मृगौलामा समस्या आउने गरी रंग प्रयोग भएको भेटिएपछि प्रतिबन्ध लगाउनुपर्ने बाध्यता भएको सहायक प्रजिअ बरालले बताए । दुइरतीनपटकसम्म सचेत गराउदा समेत नटेरेपछि बन्द गर्न बाध्य भएको उनले बताए ।

त्यसबाहेक पानीपुरीमा प्रयोग हुने मसला, चटपटेमा प्रयोग हुने रंगमा फोहोर भएको, केक लगायतका पाउरोटी बनाउने स्थानमा समेत अखाद्य सामाग्री प्रयोग हुने गरेको अनुगमनमा भेटिएकोले रङ मिसाउन नदिन पुन अनुगमन गर्ने र भेटिएक कडा कार्वाही गरिने सहायक प्रजिअ बरालले बताए । एउटै तेलले पटक पटक खानेकुरा तारेर पकाउँदा अखाद्य भएको भन्दै चाडवाडको समयमा तेल नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->