शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८०, बुधबार
प्रतिनिधिसभा बैठकमा प्रम दाहाल काठमाडौँ, ३० फागुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सङ्घीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत दिन आग्रहका साथ मन्तव्य राख्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ ।

बैठकमा २ सय ६८ सांसद उपस्थित थिए भने ७ सांसद अनुपस्थित भए । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १ सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो ।

सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ प्राप्त भएको जानकारी गराए । उनले सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले बुधबार पुनः विश्वासको मत लिएका हनु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->