शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सीआइबी प्रमुख किरण बज्राचार्यको कार्यविभागमा सरुवा

सीआइबी प्रमुख किरण बज्राचार्यको कार्यविभागमा सरुवा


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०८०, शुक्रबार

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ।

बज्राचार्यलाई सीआइबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ। बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई सरुवा गरिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले बताइन्।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो। सुन तस्करीको अनुसन्धान गर्दा सीआइबीले केही व्यक्तिलाई जोगाएको जाचबुझ आयोगले औल्याएको थियो।

यससँगै मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्। ‘जाँचबुझा आयोगको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्व्यनमा लैजाने निर्णय गरेको छ’ उनले भनिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->