पोखरा/लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पूर भइ १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडलसहित दीर्घ सेवा सम्मान गरेको छ ।
सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुशल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएका थिए ।
रिसोर्टका प्रवन्ध निर्देशक चन्दनकृष्ण श्रेष्ठ, निर्देशक प्रेम श्रेष्ठ, रञ्जनकृष्ण श्रेष्ठ, जिन्ना जिन्टी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उनीहरुलाई सम्मान गरेका थिए । रिसोर्टमा १ सय ३ जना कर्मचारी कार्यरत छन् ।
रिसोर्टका अध्यक्ष वसन्त गौतमका अनुसार वार्षिकोत्सवकै अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ ।





