बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा अब २४ सै घण्टा खुल्ला

पोखरा अब २४ सै घण्टा खुल्ला

विमानस्थल अब नयाँ व्यवस्थापन अनुसार चल्छ : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीको रुपमा घोषणा गरिएको छ ।
देशकै मुख्य पर्यटकीय क्षेत्रको महत्व बोकेको पोखरालाई आइतबार एक भव्य समारोहका बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्यटकीय राजधानीको रुपमा ऐतिहासिक घोषणा गरेका हुन ।
घोषणा गर्दै अब नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र पर्यटक आगमनको महत्वपूर्ण भूमिका खेल्ने सुनाउँदै प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब नयाँ व्यवस्थापन अनुसार अघिबढने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक समन्वय गर्दै नयाँ व्यवस्थापन अनुसार लागेको उनले सुनाए ।
‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहान्छु । पोखरामा नियमित उडान र खर्चबारे नयाँ ढंगबाट व्यवस्थतापन गर्ने संकल्प गरेको जानकारी तपाईँहरु समक्ष गराएँ,’ उनले भने ।
सोही क्रममा आफूले केही समयअघि गरेको चिन भ्रमणबाट कोराला नाका सञ्चालनबारे महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै कोरला नाकाका निम्ति आवश्यक पर्ने संरचना चिन सरकारले बनाउने प्रतिवद्धता व्यक्त गरे ।
मुग्लिन–पोखरा सडकखण्ड तीव्रताका लागि निकै गम्भीर भएर लागेको र सिंहदरबारको एक्सन रुपबाटै अवलोकन गरी निर्देशन दिएको उनको भनाइ छ । पर्यटकीय क्षेत्र गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा विविधताले भरिपुर्ण रहेका कारण देशको आर्थिक विकासमा अब नयाँ आयाम थपिएको हो । पर्यटकीय राजधानी घोषणासँगै अब आम नेपालीले पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय स्थल बनाउनका लागि लाग्न प्रचण्डले आग्रह गरे ।
आफू जन्मिएको ठाउँलाई पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा गर्व लागेको सुनाउँदै उनले यो अभियानले गण्डकी र पोखराको मात्र नभइ सिंगै देशको पर्यटन प्रर्वद्धन हुने सुनाए । मुख्य सहरमध्ये पोखरा बहुआयामिक र विशेष प्रकृतिले भरिपूर्ण रहेको कारण अब विश्व पर्यटन बजारमा पोखराको ब्रान्डिङ गर्ने, पर्यटन बजार पहँच विस्तार गर्ने र लगानीकर्ताहरुलाई अनुकुल बातावरण सिर्जना गर्न र स्थानीयलाई जनताको जिवनस्तरमा गुणात्मक प्रभाव पार्न यो घोषणाले महत्वपूर्ण योगदान पुग्नेछ,’प्रधानमन्त्रीले भने ।
प्रचण्डले घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत कानूनी र प्रक्रियागत सुधार र रणनीतिक योजनासहितको पर्यटकीय पुर्वाधार विकाससँगै निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जवाफदेही तथा क्षमता विकासलाई योजनाबद्ध रुपले अघि बढाउन आग्रह गरे ।
आधुनिक युगमा भौतिक र मानविय विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारहरुले भौतिक विकासलाई मात्र विकासको रुपमा परिभाषित गर्ने अवस्था रहेको उनको भनाई थियो । मानविय विकासको पक्ष र उनीहरुको सांस्कृतिक पक्षको अवलम्बन हुन आवश्यक रहको र विकासका नाममा सिमान्तकृत समुदायको अभिभावकत्व ग्रहण नगरेको समस्या समाधान गर्दै आम नागरीकको चाहाना र भावना मुखरित हुनेगरी विकासको वैज्ञानिक अवधारणा लागु गर्न अग्रसरता लिन प्रदेश र महानगरलाई सुझाव दिए ।
संघ सरकारले निर्वाह गर्नुपर्ने आवश्यक अभिभावकत्वका लागि पहल गर्ने र पोखराको विकासका लागि प्राथमिकतापूर्वक आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गरे ।
‘अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट आवश्यक साझेदार र सहयोग प्राप्त गर्न निजी क्षेत्रको लगानी क्षेत्रबाट लगानी आकर्षित गर्न सरकारले आवश्यक पहल गर्ने भएको छ,’उनले भने,‘ आगामी महिनामा आयोजना हुने लगानी सम्मेलनले समेत पर्यटकी राजधानीका लागि महत्वपूर्ण योगदान हुने देखिएको छ ।’ यस्तै एक्याप र एमक्यापको प्रचलित कानुन संशोधन प्रकृयामा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
पर्यटकीय राजधानी घोषणा सँगै अब पोखराको व्यवसाय २४ सै घण्टाका लागि खुल्ला गरिएको छ । पोखराको मुख्य बजार क्षेत्रमा सुरुवाति समयमा मनोरञ्जनका क्षेत्रलाई २४ सै घण्टा खुल्ला गरिएको हो भने, रेष्टुरेन्ट, किराना पसल, स्पा, खाजा घर भने रातको एक बजेसम्म खुल्ला भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनले विशेष सुरक्षाका साथ आइतबारदेखि नै उक्त निर्णय लागू भएको बताए । अब गण्डकी प्रदेशका विसुचिकृत पर्यटनको विकास गर्दै प्रदेश सरकार र महानगरको सहकार्यमा केहि नयाँ योजनाहरु समेत सुरु गरिने पाण्डेले सुनाए ।
‘आजैदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर हामीले पोखरा अब २४ घण्टा नै खुल्ला भएको सन्देश दिएका छौं । पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा खुल्नेछन्,’ उनले भने, ‘साथै डिस्को, दोहोरी, लाउन्ज, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने कुरापनि म जानकारी गराउन चाहन्छु ।’
यसका लागि कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले खेलेको भूमिका र सुरक्षा निकायको प्रतिबद्धताको सम्मान गर्दै धन्यवाद समेत व्यक्त गरे ।
राउन्ड फेवा, टे«किङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्ने कार्य अघिबढाउने, बेगनास तालमा कु्रजसिप सञ्चालन, पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण, बृहत ध्यान केन्द्र निर्माण, पोखरा विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा सञ्चालन गर्ने गरी प्रदेश सरकार र पोखरा महानगरबिच सहकार्य भई नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्ने उनले बताए ।
सोही क्रममा उनले पोखरामा ठूलो पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलको खाँचो रहेको र संघ सरकारले सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब पोखरा औपचारिक रुपमै पर्यटकीय राजधानीको रुपमा परिचित भएको सुनाउँदै पोखराको विकासले नयाँ छलाङ मार्ने सुनाए । उनले पोखराको विकासको लागि योजनावद्ध तरिकाले अगाडि बढ्ने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->