शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

खानेपानी संस्थाको भवन शिलान्यास

खानेपानी संस्थाको भवन शिलान्यास


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

पोखरा/नेपाल खानेपानी संस्थान पोखरा शाखा अन्तर्गत विन्ध्यवासिनी इकाई कार्यालयको नयाँ भवन शिलान्यास भएको छ ।
भवन शिलान्यास गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले उपभोक्तालाई सेवा सहज बनाउने बताए ।
हाल भाडामा बसेको भवनबाट प्रभावकारी सेवा दिन नसकेको अवस्थामा संस्थानले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको कार्यालय प्रमुख कार्कीको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं १, २, ३, ४, ११, १२, १६, १८ र १९ वडामा प्रभावकारी सेवा दिइरहेको उक्त कार्यालयले करिव १३ हजार संख्यामा रहेका धारामार्फत उपभोक्तालाई सेवा दिएको छ ।
पोखरा २ मिरुवामा बन्न लागेको भवन २०८१ भदौसम्ममा सम्पन्न हुने जानकारी प्रमुख कार्कीले दिएका थिए । कुल २ करोड ३५ लाख ८८ हजार ८ सय ८३ रुपैयाँको लागतको भवन शनिबार शिलान्यास भएको हो ।
निर्धारित समयमा काम सम्पन्न गर्ने सम्झौता गरेको बलदेव एकता जेभीले काम सुरु गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र परिसरमा रहेको कार्यालय हटेपछि संस्थानले भाडामा लिएर सेवा सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->