पोखरा/सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा आएको छ । गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा ल्याएको हो ।
गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ ।
सफल ह्याप्पी काउ मिल्कको प्रत्येक प्याकेट क्रिमयुक्त र परिवारको स्वस्थता तथा स्वादिष्टता सुनिश्चित गरिएको छ ।
न्युनतम ३.५ प्रतिशत फ्याट र न्युनतम ७.५ प्रतिशत एसएनएफ हुने सफल ह्याप्पी काउ मिल्क सजिलै पचाउन सकिने उत्पादक कम्पनीले जनाएको छ ।
सफल ह्याप्पी काउ मिल्क (एसएनएफ) र फ्याटको सन्तुलन मिलाईएकाले यो स्वादिष्ट, क्रीमियर स्वस्थ छ । यो दुधमा शरीरलाई चाहिने क्याल्सियम, भिटामिन र प्रोटिनका साथै अन्य मिनिरल पूर्णरुपमा पाईन्छ ।
हिन्दु रितीरिवाजअनुसार धार्मिक कार्य जस्तैः भगवानलाई अर्पण गर्न, पंचाम्रित बनाउन तथा अन्य शुभकार्य जस्तैः विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल ह्याप्पी काउ मिल्कको प्रयोग गरिन्छ । ५०० मिलिलिटरको पाउचमा बजारमा उपलब्ध दुधको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।





