बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चराको बथानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित

चराको बथानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८०, आइतबार

पोखरा / अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथानै आएपछि आईतवार विहानदेखि नै उडान-अवतरण प्रभावित भएको छ । वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रहेको हो ।

यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि फिर्ता भई काठमाडौंमा नै अवतरण गरेको थियो ।यतीकै पोखरा-काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको जनाएको छ ।

बुद्ध एयरका उडानहरू पनि प्रभावित बनेका छन् । चराको गतिविधिका कारण बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ । बिहान साढे ११ बजे केहीबेर खुलेको विमानस्थल अहिले फेरि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->