शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

एमाले कास्कीको अधिवेशन, मतदानमा ढिलाइ

एमाले कास्कीको अधिवेशन, मतदानमा ढिलाइ


  • ढाेरपाटन संवाददाता
  • चैत्र १३ २०८०, मंगलबार

पोखरा /नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि आज हुने भनिएको निर्वाचनको मतदान समयमै सुरु हुन सकेन । मतदानका लागि मंगलबार दिउँसो साढे १ बजे तोकिएको भए पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । एघारौं अधिवेशनको उद्घाटन यही चैत १० गते शनिवार भएको थियो ।

अधिवेशनको बन्दसत्र आइतबार सुरु भई सोमबारमात्र राजनीतिक/सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । आज मंगलबार दिउँसो साढे १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले समय तालिका सार्वजनिक गरे पनि उम्मेदवारको संख्या अत्याधिक भएकाले व्यवस्थापन समस्या परेको थियो ।

जम्मा ९ सय २९ मतदाता रहेकोमा विभिन्न पदका लागि सोमबार साँझ ६८० जनाले उम्मेदवारी फाराम लिएका थिए । त्यसमध्ये ३२९ जनाले विभिन्न पदमा दरखास्त दिएकोमा मंगलबार दिउँसो विभिन्न क्लष्टरका सदस्यमध्ये ४७ जनाले फिर्ता लिएका छन । पदाधिकारी र सदस्य ११५ जना र लेखासमितिमा ७ गरी १२२ जना चुनिनेछन ।

पदाधिकारीमध्ये अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बाँस्तोला र विवेक त्रिपाठी स्पर्धमा छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्य भिडेका छन भने सचिवमा दर्शन लामा र सुरेन्द्र गुरुङको उम्मेदवारी परेको छ । उपसचिवमा गीतादेवी बिश्वकर्मा र लालबहादुर परियार, उपसचिव महिलातर्फ राधीका शाही योगी, संगीता सुवेदी र सन्तुदेवी सुवेदी चुनावी मैदानमा उत्रिएका छन ।
प्रमुख निर्वाचन अधिकृत भगवती पहारीले मंगलबार राती नै भए पनि मतदान सुरु गर्ने संभावना रहेको बताइन । मतदान कार्यलाई व्यवस्थित बनाउन केही समय लाग्ने भएकाले मतदानमा ढिलाइ हुने निर्वाचन समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->