शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कास्कीको भदौरेमा जीप दुर्घटना : २ जनाको मृत्यु, १० घाइते

कास्कीको भदौरेमा जीप दुर्घटना : २ जनाको मृत्यु, १० घाइते


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८०, आइतबार

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिका-४ सल्लाघारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट सल्यानतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये ६ जनाको मणिपाल अस्पताल र ४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ ।

ग १ ज ५५४७ नं. को बोलेरो जिप अचानक सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीको अनुमान छ । दुर्घटनामा परि पोखरा २३ का ५५ वर्षिय लक्ष्मण सुनार र सोही स्थानाका करिब ५२ वर्षका जयराम सुनारको मृत्यु भएको हो ।

घाइते मध्ये चार जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चालक कास्की अन्नपूर्ण गा.पा. ४ का २२ वर्षिय धनराज सुनार, पोखरा २३ का ५८ वर्षिय लक्ष्मण कामी, सल्यानका ७ वर्षिय आरुष बि.क. र सोही स्थानका ४१ वर्षिय राज कुमार बि.क. को उपचार भइरहेको छ ।

यस्तै, मणिपाल शिक्षण अस्पतालमा अन्नपुर्ण गा.पा. ५ सल्यानका ३५ वर्षिय प्रकाश सुनार, ३५ वर्षका सुशिला सुनार, १५ वर्षका सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार, पोखरा म.न.पा. वडा नं. २३ बस्ने बर्ष ६० को रामप्रसाद सुनार र अन्नपुर्ण गा.पा. ४ बस्ने ५० वर्षिय देउमाया के.सी. को उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->