
पोखरा/ आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशबासीको सोच तय गर्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगले सोमबार प्रदेशको दोस्रो पंचवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को आधारपत्र सार्वजनिक गरेको छ । उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको छ ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्र पहिचान गरिएको बताए । उद्देश्यहरुमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय बृद्धि गर्नु, मानव पुँजी निर्माण, बिकासका लाभको समन्यायिक वितरण र सामाजिक न्या स्थापित गर्नु र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिबृद्धि गर्नु रहेका छन । यसैगरी उत्पादन तथा उत्पादकत्व र दीगो आर्थिक बृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना गर्ने विषयलाई प्रादेशिक बिकासका लागि लिइएका समष्टिगत रणनीतिको रुपमा लिइएको छ ।
रणनीतिमा दीगो तथा उत्थानशील पूर्वाधार बिकास तथा अन्तर आवद्धता अभिबृद्धि गर्ने, हरित, कार्वन तटस्थ तथा जलवायूमैत्री कार्य र स्वच्छता अभिबृद्धि गर्ने, विकास प्रक्रिया तथा नतीजामा लंैगिक समानता तथा समावेशिता कायम गर्ने पनि छन । नविन ज्ञान तथा प्रविधिको अभ्यास र प्रतिस्पर्धी क्षमता अभिबृद्धि गर्ने, स्रोत परिचालन, सुशासन, अन्तरसम्बन्ध र साझेदारीलाई सवलीकरण तथा सुदृढिकरण गर्ने र प्रदेश नीति, योजना तथा बिकास नतिजालाई अध्ययन, अनुसन्धान तथा प्रमाणमा आधारित बनाउने रणनीतिमा समेटिएको छ ।
पंचवर्षीय योजनाको सोंच, लक्ष्य, उद्देश्य तथा रणनीतिलाई सफल बनाउन सुदृढ प्रादेशिक अर्थतन्त्रलाई पहिलो प्राथमिक क्षेत्रमा राखिएको छ । यसैगरी प्रभावकारी आर्थिक नीति तथा स्रोत व्यवस्थापन, व्यवसायिक कृषि तथा आत्मनिर्भरता, दिगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमूखी उत्पादन र दीगो पर्यटन पनि प्राथमिक क्षेत्रमा राखिएको छ ।
प्राथमिक क्षेत्रमा सर्वसुलभ स्वास्थ्य तथा जनसाङ्ख्यिक लाभ, शिक्षित, सुसंस्कृत तथा सीपयुक्त मानव पुँजी निर्माण, मर्यादित श्रम, उत्पादनशील रोजगारी तथा सामाजिक संरक्षण, दीगो तथा उत्थानशील पूर्वाधार, स्वच्छ उर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन, सन्तुलित वातावरण र जलबायु तथा विपद् उत्थानशिलता परेका छन । सक्षम महिला, सामाजिक समावेशीकरण तथा समानता, सुदृढ शासन, सेवाप्रवाह र तहगत सम्बन्ध एवं सुसूचित नीति, योजना तथा बिकास व्यवस्थापनलाई पनि प्राथमिकता क्षेत्रमा राखिएको छ ।
उपाध्यक्ष देवकोटाले प्रदेश सरकारको लगानीमा संचालन हुने कार्यक्रम तथा आयोजना, प्रदेश समुन्नतिका रुपान्तरणकार िकार्यक्रम तथा आयोजना, प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम, प्रदेश र संघ साझेदारी कार्यक्रम, वैदेशिक सहयोगका संचालन हुने कार्यक्रम, सार्वजनिक नीजि साझेदारी कार्यक्रम र निजी क्षेत्रको लगानीमा हुने कार्यक्रम तथा आयोजनाको पहिचान पंचवर्षीय योजनाले पहिचान गरेको बताए ।
यसअघि गण्डकी प्रदेश सरकारले प्रथम पंचवर्षीय योजना (२०७६/ २०७७ –२०८०/२०८१) कार्यान्वयनमा ल्याएको थियो । उक्त योजनाले २५ वर्षभित्र दुई अंकको आर्थिक बृद्धि र विकसित राष्ट्र सरहको उच्च आय भएको समृद्ध प्रदेशको कल्पना गरेको थियो । प्रदेशको समग्र बिकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्य लिएको आधारपत्रले नीतिगतरुपमा पर्यटन, कृषि, उर्जा, उद्योग, भौतिक पूर्वाधार, जनशक्ति बिकास र सुशासनलाई प्रदेश समृद्धिका मुख्य संवाहक पहिचान गरेको थियो ।
साथै प्राकृतिक सौन्दर्य, जैविक विविधता, सामाजिक विविधताबीच एकता, सांस्कृतिक सम्पन्नता र पहिचान तथा जनसांािख्यक लाभलाई समृद्धिका ५ मुख्य सहयोगीका रुपमा लिइएको थियो । उक्त योजनाले अल्पकालिन लक्ष्य २०७६/०७७ देखि २०८०/०८१, मध्यकालिन २०८७ र दीर्घकालिन लक्ष्य २१०० सम्मका लागि समृद्धि र सुखका मुख्य सूचक निर्धारण गरेको थियो । आत्मनिर्भर अर्थतन्त्र र सुखी नागरिक बसोबास गर्ने समृद्ध प्रदेश दुरदृष्टि मानेको आधारपत्रले उच्च उत्पादन, मर्यादित जीवन, सभ्य र न्यायपुर्ण आधुनिक समाज, वातावरणमैत्री, समाबेंसी, लोकतान्त्रीक र सुशासनको उच्च अभ्यास भएको समृद्ध प्रदेश लक्ष्यमा राखेको थियो भने उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानव संशाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशीला निर्माण गर्ने र गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा पहु“च पु¥याई सबै नागरिकलाई सामाजिक सुरक्षा र सुशासनको अनुभूति गराउने उद्देश्य लिइएको थियो ।
अनुसन्धान र बिकासलाई अघि बढाई आवस्यक ज्ञान र प्रविधि प्राप्त गरी उच्च उत्पादन उत्पादकत्व हासिल गर्ने, सार्वजनिक, नीजि, सहकारी, सामुदायिक क्षेत्रको सहकार्यमा उत्पादन बढाई रोजगार सिर्जना गर्ने, लगानी बढाइ दिगो, फराकिलो र समतामुलक उच्च आर्थिक बृद्धिदर हासिल गरी सबै प्रकारका गरिवीको अन्त्य गर्नेलगायत रणनीति लिइएको थियो । प्रथम पंचवर्षीय योजनामा समृद्धिका २६ र सुखका १२ सूचकहरुको बिकास गरिएको थियो ।
तर योजना अवधिकको ४ वर्षको उपलब्धिको आधारमा समृद्धितर्फ १० र सुखतर्फ एउटा सूचकको मात्र लक्ष्य प्राप्त हुने देखिएको आयोगले जनाएको छ । प्रथम योजनाको पहिलो वर्षमै कोभिड–१९ महामारीका कारण गण्डकी प्रदेश पनि आर्थिक र सामाजिक संकटमा परेकाले लक्ष्य हासिल गर्न असमर्थ भएको ठहर आयोगको छ ।





