बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक महीनामै १ लाख २८ हजार पर्यटक भित्रिए नेपाल

एक महीनामै १ लाख २८ हजार पर्यटक भित्रिए नेपाल


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८०, सोमबार
फाईल तस्वीर

पोखरा / गत वर्षको तुलनामा यस वर्षको मार्च महीनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८.९ प्रतिशतले बढेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८ हजार ७४१ ले वृद्धि भएको हो। गत वर्षको मार्चमा ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन्।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट यो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ।

बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट सात हजार २४१ जना, श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट पाँच हजार २५५, थाइल्यान्डबाट चार हजार ३४५, फ्रान्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन्।

क्षेत्रीय हिसाबले हेर्दा एशिया (सार्क) बाट ४० हजार ७२७, सार्क बाहेकका एशियाली मुलुकबाट २८ हजार ६४८, यूरोपबाट २७ हजार ५८२, ओसनियाबाट चार हजार ७८० पर्यटक आएका छन्। यसैगरी, क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो तीन महीनामा २ लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२४ को पहिलो तीन महीनामा ३ लाख चार हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन ३३.७८ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->