पोखरा/नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा २० आफै रहने बताएका छन् । माधव कुमान नेपाल र झलनाथ खनालको किस्सा सुनाउँदै उनले आफुले पार्टीमा अझै २० वर्ष अध्यक्ष भएर विताउने बताएका हुन् । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रमको सम्बोधन गर्दै उनले आफु २० वर्ष अध्यक्ष हुने र पछि बरिष्ठ नेता हुँदा कच कच नगर्ने सुनाए । ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोरपरार भनेको थिए । जुँगा कालाकाला भएका छन्,’ उनले भने, ‘मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्तिनै मैले भने २० वर्षजति अरु कसैले आस नगरेपनि हुन्छ ।’ उनले पार्टी फुट्ने र जोड्ने शिलशिला चल्ने बताउँदै माधन नेपालले १५ वर्ष पार्टी हाक्दै प्रधानमन्त्री समेत भइसक्दा समेत मैले के पाए भन्दै भन्ने गरेको र झलनाथ खनालले समेत १३ वर्ष पार्टी चलाएपछि मैले के पाए भन्दै भाग खोज्दै कचकच गर्दा अहिलेको अवस्थामा पुगेको र आफु अध्यक्षबाट हटेपछि कुनै भाग नखोज्ने बताए । झिगाँले सरापेर डिगा नमर्ने र साँढे शिवजीको कथा सुनाउँदै शिवजीले साँढेको मुखमा मुक्का लगाएपछि साँढेको माथि तर्फको एउटा दात नहुने किस्सा सुनाउँदै आज त्यहि गर्नुपर्ने भनाइ राखे । दात झार्नुको अर्थ सेखी झार्नुरहेको स्पष्ट पार्दै अब पार्टीमा त्यस्तो नहुने बताए ।
प्रचण्डसँगको किस्सा सुनाउँदै हिजो दुई जना कम्युनिष्ट भएपनि आ–आफ्नो धारमा चल्दै गर्दा एक भई एकै पार्टी बनाउने सम्म पुगेर पुनः फुटेर पुनः जुटेर अहिले सत्तामा रहेको ओलीको भनाई छ । अहिले सत्तामा गठबन्धन नभई सत्ता समीकरणमात्र रहेको उनको भनाई छ । एमाले मिसन ०८४ मा रहेको र एमाले अन्य शक्तिसँग मिलेर अघि बढ्ने समेत सुनाए । ‘यसअघिको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै । उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ भन्थे’ ओलीले भने, ‘पछि के भने रातारात यो कसरी भयो । हामीलाई थाहा भएन । अब यसका लागि पनि समय दिनुपर्ने ? कति एक हप्ता, एक महिना अघि भन्नुपर्ने थ्यो ?’ नेकपा एमालेलाई टुटाउन दक्षिण वामपन्थी निकै लागेको र सफल भएको सुनाउँदै देशको गरिबी र आर्थिक विकास गरेर मात्र एमालेले विश्राम लिने बताउँदै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै मिसन ८४ मा एमाले निर्णायक रहँदै अन्य शक्तिलाई समेत समेटेर अघि बढ्ने बताए ।





