पोखरा/१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पूरा भएको छ । महोत्सव आइतबारबाट सुरु हुँदैछ । विष्णुपादुका क्लब महोत्सवको आयोजक हो । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नेछन् । उद्घाटनअघि हेमजाको माइस्थानबाट शोभायात्रासहित झाँकी–¥याली प्रदर्शन गरिनेछ ।
महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिए ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्ववअन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोबार हुने आयोजकको अपेक्षा छ ।





