शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी

अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार
oplus_2

पोखरा/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जनभावना अनुसार देशभक्ती र प्रगतिशील भावना भएका शक्तीबीच अहिलेको गठबन्धन बनेको बताएका छन । पछिल्लो एकडेढ वर्षको अवधिमा जनतामा व्यापक निराशा बढेको बेला यो गठबन्धनको सरकार बनेको उनको भनाई थियो ।

‘जनतालाई देशभित्रको भविष्य कस्तो छ भन्ने अन्यौल भएको, अर्थतन्त्र धरासायी हुन पुगेको, सुशासन कमजोर अवस्थामा पुगेको, बिकास निर्माण ठप्प भएको बेला देशभक्ती र प्रगतिशील भावना भएका शक्तिको गठबन्धन हुन पुगको हो’ प्रेस चौतारी कास्कीको भेटघाटमा सोमबार मन्त्री गिरीले भने, ‘यो गठबन्धन जनभावना अनुसार बनेको हो ।’

धरासायी अर्थतन्त्रलाई चलायमान अर्थात गतिशिल बनाउने, बिकास निर्माण र सामाजिक सुरक्षाका क्षेत्र कमजोर रहेकाले व्यवस्थित बनाउने, सुशासन कायम गर्ने, भ्रष्टा«चार नियन्त्रणका लागि खरो रुपमा उत्रनु पर्ने यो गठबन्धनको मुख्य काम रहेको उनले बताए । ‘यी कुरा नभए जनतामा फेरी निराशा पलाउछ’ उनले भने, ‘सुशासन र समृद्धिका एजेन्डालाई आत्मसात गरी निराशालाई आशामा बदल्नुपर्ने चुनौति गठबन्धनसामु छ ।’

संविधान कार्यान्वनका लागि १८२ कानुन बनाउनु पर्ने अवस्था रहेको उनले सुनाए । त्यसमध्ये ६१ कानुनलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री गिरीले बताए । उनका अनुसार ३९ वटालाई दोस्रो र १९ वटालाई तेस्रो प्राथमिकतामा राखेर काम भइरहेको छ । अव कानुन बनाएर छिटो काम पुरा गर्नैपर्ने दायित्व गठबन्धन सरकारको रहेको उनको भनाई छ । कानुन अभावमा स्थानीय र प्रदेश सरकारले काम गर्न नपाउँदा संघीयता समस्या होकी भन्ने जनमानसमा पर्दै गएकाले सोही अनुसार काम गर्नुपर्ने अवस्था आएको उनले औल्याए । पछिल्लो पटक केही कानुन बनाइएको र यही अधिवेशनमा नभए बर्खे अर्थात बजेट अधिवेशनमा भए पनि कानुन ल्याउने तयारी भइरहेको उनले बताए । सांसदमात्र कानुन बनाउन योग्य नभएकाले ३ करोड नेपालीको सहभागिता आवस्यक रहेको भन्दै उनले डिजिटल प्लेटफर्म बनाएर सुझाव संकलनको तयारी गरिएको जनाए । ‘जनमैत्री र मुलुकको हीतका लागि नीति र कानुन बनाईनेछ’ उनले भने, ‘बिकास, सुशासन र समृद्धिको क्षेत्रमा स्वर्णीम काल बनाउने गरी भूमिका खेल्ने छौ ।’

अर्को एक प्रसंगमा मन्त्री गिरीले सहकारीको समस्या सम्बन्धमा राज्यका विभिन्न निकायले छानविन गरिरहेकाले संसदीय समितिको आवस्यकता नरहेको बताए । ‘सहकारीमा व्यापक अपचलन भयो भन्ने कांग्रेसले कुरा उठाएको स्वभाविक रहेको छ । तर कुनै पनि कुराको तथ्यको गहिराइमा वा यथार्थको धरातलमा जानुपर्छ’ उनले भने, ‘कोही कसैले कमजोरी गरेको भए कारवाहीको भागीदार हुने तर कसैप्रति आग्रह, पूर्वाग्रह भएर वा लक्षित गर्नुभएन ।’ राज्यका अन्य निकायले सहकारी प्रकरणको छानविन गरिरहेकाले उनीहरुप्रति शंका हुने गरी संसदीय समिति आवस्यक नरहेको दोहोराउदै उनले कांग्रेसजस्तो जिम्मेवार पार्टीले सधै संसद अवरुद्ध गर्लाजस्तो नलागेको बताए । ‘सहकारीमा एक रुपैया पनि हिनामीना गर्न नपाईने, बचतकर्ताको सबै रकम फिर्ता हुनुपर्ने र दोषीमाथि कारवाही अनिवार्य छ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->