शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा जेसीजले स्वर्ण जयन्ती मनाउने

पोखरा जेसीजले स्वर्ण जयन्ती मनाउने


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८०, मंगलबार

पोखरा/पोखरा जेसीजले ५० औं वार्षिकोत्सवको अवसरमा स्वर्ण जयन्ति मनाउने भएको छ । १८ वर्ष देखि ४० वर्षका युवाहरुको नेतृत्व विकास गर्ने उदेश्यका साथ स्थापना भएको जेसीजले विभिन्न कार्यक्रहरु गरी एक वर्ष स्वर्ण महोत्सव मनाउने भएको हो ।
सोमबार ओयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वर्ण जयन्ती समारोह संयोजक सुवाष सिग्देलले ५० वर्षमा प्रवेश गर्दै गर्दा विभिन्न क्रियाकलापहरुको आयोजना गरिसकेको र पोखरामा पहिलो पटक रक्तदानको सुरुवात, सराङकोटमा सूर्यदर्शन टावर तथा वृक्षरोपण, विभिन्न विद्यालयमा शुद्ध पिउने पानी लगायत अनेकौं सहयोग गर्दै आइरहेको छ ।
उनका अनुसार स्वर्ण जयन्तीको अवसरमा चौतारी निर्माण, प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता, वृहत्तर पोखरा सरसफाई अभियान, मणीज्योती आधारभूत विद्यालय स्तरोन्नती, जेसीआई पोखरा एकेडेमी स्थापना लगायतको कार्य गरिनेछ ।
जेसी अध्यक्ष देवराज शर्माले जेसीजले स्थापनाकालदेखी हालसम्म अन्य कार्यअन्तरगत युवाहरुलाई नेतृत्व विकास प्रशिक्षण, मिस पोखराको सुरुवात, खानेपानी ट्याङकी हरुको निर्माण लगायत काम गर्दै आइरहेको र आगामी दिनमा पनि सामाजिक कार्यहरुमा अग्रसर रहने बताए । उनले युवाहरुमा समाजप्रति सकरात्मक धारणा विकास गर्नु र सामाजिक कार्यप्रति अग्रसर गराउनुमात्रै नभई एउटा नेतृत्व बनाउने प्रयास समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->