शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पाण्डेको मुद्धा न्यायाधीश शर्माको इजलासमा

पाण्डेको मुद्धा न्यायाधीश शर्माको इजलासमा


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्नबाट रोक्न माग गर्दै सर्बोच्चमा दायर रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ । मंगलबार दायर रिटको सुनुवाईका लागि आज बुधवार पेशी तोकिएको थियो । शर्माको इजलासमा ४ वटा उत्प्रेषण र एउटा बन्दी प्रत्यक्षीकरणको मुद्धा सुनुवाइका लागि तोकिएको छ । पाण्डेको मुद्धा अन्तिम अर्थात पाचौं नम्बरमा छ ।

निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै मंगलबार रिट दायर गरेका थिए । पाण्डेले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पनि विपक्षी बनाएका छन । संविधान, कानुन र स्थापित नजिर परम्पराविपरीत देखिएकाले अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्नबाट रोक्न माग गरिएको छ । ‘विपक्षीहरूले आफूलाई हकै नपुग्ने विषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रवृत्त भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरूको बदनियत र स्वेच्छाचारिताका कारणले निवेदक मेराउपर भेदभाव र अन्याय हुन पुगेको, विपक्षीहरूका प्रत्येक कामकारबाहीहरू छलकपटपूर्ण भएको, मुलुकको संविधान, कानुन र स्थापित नजिर परम्पराविपरीत देखिएकाले, विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरिपाऊँ’ रिटमा भनिएको छ । पाण्डेले आफुलाई मुख्यमन्त्रीमा निरन्तरताका लागि अन्तरीम आदेशसहितको उत्प्रेषण परमादेशको माग गर्दै रिट दायर गरेका हुन ।

अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि यही चैत २१ मा प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा सो भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आव्हान गरेका थिए । चैत २७ गते दिउँसो ३ बजेसम्मको समय सीमा दिइएको थियो । चैत २५ गते आइतबार नै अधिकारीले एमालेका २२, माओवादी केन्द्रका सभामुख कृष्णप्रसाद धितालसहित ८ र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गरेको भन्दै मुख्यमन्त्रीमा दावी गरेका थिए । उक्त दावी अनुसार प्रदेश प्रमुख भट्टले अधिकारीलाई सोही दिन मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीले माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र राजीव गुरुङलाई विनाविभागीय मन्त्री बनाएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->