शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा आउँदै गरेको कार अर्घाखाँचीमा दुर्घटना, एकको मृत्यु ७ घाइते

पोखरा आउँदै गरेको कार अर्घाखाँचीमा दुर्घटना, एकको मृत्यु ७ घाइते


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/अर्घाखाँचीको पाणीनी गाउँपालिका–८ पोलडाँडामा बुधवार कार दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । कारमा सवार अन्य ७ घाइते भएका छन ।

अर्घाखाँची प्रहरीका अनुसार सुपादेउरालीदेखि पोखरा जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बिहान १० बजेको समयममा अर्घाखाँची पाल्पा सडक खण्ड अन्तर्गत पोलडाँडामा दुर्घटनामा परेको थियो । डिएसपी प्रतित सिंह राठौरका अनुसार कार अनियन्त्रित भइ १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्री छन । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमा चालक ३४ वर्षीय इश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना र छोरी २ वर्षीया इभान्सी छन । यसैगरी पोखरा महानगरपालिका–१२ हस्पिटल चोककी ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कंडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षका जेशन बस्नेत पनि घाइते भएका छन । ज्यान गुमाउने आरम्भ चालक इश्वरी क्षेत्रीका छोरा हुन । घाइते ईश्वरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका रेडियोग्राफर हुन । घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । गम्भिर घाइते सविता अधिकारीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

घटनाबारे थाहा पाउनसाथ प्रहरीचौकी पालीबाट प्रनानि राकेशकुमार ठाकुरको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->