शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकीमा अव ९ मन्त्रालय

गण्डकीमा अव ९ मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८०, बिहिबार

पोखरा/गण्डकी प्रदेशमा अव ९ मन्त्रालय कायम हुने भएका छन । पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त हुँदा ११ मन्त्रालय धेरै भएको भन्दै २०७९ पुस २५ मा मन्त्रालय घटाएर ७ मा झारेका मुख्यमन्त्री खगराज अधिकारीले अहिले फेरी बढाएर ९ पुराउने भएका हुन । अहिलेसम्म गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ मन्त्रालय छन ।

मुख्यमन्त्री कार्यालयसँगै रहेको आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेको स्वास्थ्य मन्त्रालय फुटाएर ९ पु¥याउन लागिएको सरकारका प्रवक्ता एवं विनाविभागिय मन्त्री हरिबहादुर चुमानले बताए । उनका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेर संघमा सिफारिस गरिएको छ । सरकारमा भाग लिने दललाई भागबन्डा मिलाउनको लागि मन्त्रालय टुक्र्याउन लागिएको हो ।
बुधवारमात्रै अधिकारी नेतृत्वको सरकारलाई सर्बोच्च अदालतले कामचलाउ भन्दै दीर्घकालिन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न अन्तरीम आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->