पोखरा/नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश समितिले एकैसाथ सुशासनको लागि युनियनकर्मीहरूको नेतृत्व विकास विषयक अन्तक्र्रिया, भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले उद्घाटन गरेका थिए । उनले प्रविधिलाई उपयोग गर्ने विधि लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशका सचिव तीर्थ भट्टराईले सुशासन र ट्रेड युनियनको भूमिका विषयमा व्याख्या गरेका थिए ।
निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बराल, गण्डकी प्रदेश लोक सेवा आयोगका सचिव ऋषिराम तिवारी कास्की कांग्रेसका सहसचिव नविन सिग्देल, नेता शंकर ढुंगाना, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य चित्रा ढकाल लगायतले शुभकामना दिएका थिए ।
युनियनका कोषाध्यक्ष राजन तिमिल्सिनाले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका सचिव टेकनारायण सुवेदीले गरेका थिए ।





