शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

डुङ्गा व्यवसायीसंग प्रहरीको साक्षात्कार

डुङ्गा व्यवसायीसंग प्रहरीको साक्षात्कार


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार

पोखरा/हावाहुरीको समय सुरु भएसँगै नेपाल प्रहरीले फेवातालका डुङ्गा व्यावसायीहरुसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा पोखरा म.न.पा. ६ स्थित फेवा तालमा संचालनमा रहेका हुँङ्गा व्यवसायी तथा डुङ्गा चालकहरुसँग अन्तरक्रिया तथा मा.प.से. चेकजाँच कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले हावाहुरीको समय भएकाले धेरै दुर्घटना हुन सक्ने भन्दै त्यसका लागि व्यावसायीले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
हालको समयमा मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाईफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुङ्गा दुर्घटनामा अपनाउनु पर्ने सावधानीका उपाय, मादक पदार्थ सेवन गरी डुङ्गा नचलाउने विषयमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
साथै डुङ्गा चालकहरूको मा.प.से. परीक्षण समेत गरिएको छ । २५ जना चालकहरूलाई चेकजाँच गर्दा १ जनाले मा.प.से. गरेको फेला परेको थियो । उनलाई आवश्यक कारवाहीको लागि डुङ्गा व्यवसायी संघमा पठाएको प्रहरीले बताएको छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्र.ना.उ. राजेन्द्र श्रेष्ठ, स्थानीय बुद्धिजिवी, समाजसेवी, आन्तरिक पर्यटक, डुङ्गा व्यवसायी समितिका पदाधिकारी तथा डुङ्गा चालकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण प्र.वा.ना.नि. होत बहादुर रोकाहाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->