पोखरा/चर्चित र लोकप्रिय चोकोफन चकलेट उत्पादक सुजल फुड्स प्रालिले ‘चोकोफन जोय’ बजारमा ल्याउको छ ।
चोकोफन जोय नेपालमा उत्पादित पहिलो बर्गाकार आकारको चकलेट भएको पनि कम्पनीले जनाएको छ ।
बर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मीठासले भरीपूर्ण चकलेट स्वादिष्टमात्र नभएर मुखमा राख्नासाथ पग्लिने खालको रहेको छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम रहेको छ ।
चोकोफन जोय ७० गोटाको जार र ४५ गोटाको बक्स दुबैमा उपलब्ध छ । प्रतिगोटा १० रुपैयाँ खुद्रा मूल्य रहेको यो चकलेट ८ ग्रामको रहेको छ ।
कम्पनीलेले संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी स्वचालित मेसिनबाट स्वस्थकर वातावरणमा चोकोफन जोय उत्पादन गरिएको जिकिर पनि गरेको छ । चोकोफन जोयले सोही प्रकारका विदेशी चकलेटको परनिर्भरता तोड्ने अपेक्षा पनि कम्पनीको छ ।
सुजल फूड्स प्रालि आइएसओ २२००० ः२०१८ प्राप्त नेपालको अग्रणी चकलेट उत्पादक कम्पनी हो । लक्ष्मी समूहअन्तर्गतको सुजल फूड्सले विगत ५० वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन गर्दै आइरहेको छ ।





