पोखरा/जुत्ता व्यवसायी संघ कास्कीले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जुत्ता व्यवसायीले गरेका विभिन्न व्यावसायिक हकहितका तथा सामाजिक कार्यक्रमहरूका लागि धन्यवाद दिए ।
जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्यालेण्डर प्रकाशन समितिका सयोजक तथा संस्थाका सचिव हरिप्रसाद भण्डारीले व्यक्त गरेका थिए भने कार्यक्रम सन्चालन सस्थाका महासचिव मुक्तिप्रसाद पनेरूले गरेका थिए ।





