शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८१, शनिबार

पोखरा  / गण्डकी प्रदेशका विना विभागीय मन्त्रीलाई शनिवारदेखि मन्त्रालयको जिम्मा दिइएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको हो ।

शनिवार बसेको मन्त्रीपरिपद्को बैठकले उनीहरुलाई मन्त्रालयको जिम्मा तोकिएको हो । गत चैत २५ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले नेता खगराज अधिकारी नियुक्त भएसंगै उनले चुमान र गुरुङलाई विना विभागिय मन्त्री बनाएका थिए । गुरुङ प्रदेशसभा गठनको झन्डै साढे ६ वर्षको अवधिमा ५ पटक मन्त्री भएर रेकर्ड राख्न सफल भएका छन् ।

अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ती असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्बोच्च अदालतमा रिट दायर गरेका छन । चैत २८ मा सर्बोच्चले अधिकारी सरकार कामचलाउ रहेको आदेश गरेको छ भने यही बैशाख १० गतेलाई पेशी तोकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->