बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजगाई डेरीको मोही बजारमा

बजगाई डेरीको मोही बजारमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८१, शनिबार

पोखरा/पोखराको लेखनाथस्थित बजगाई डेरी उद्योगले पहिलोपटक पास्चराइज गरेको प्याकिङ मोही बजारमा ल्याएको छ । पोखरा २६– लेखनाथमा रहेको उद्योगले एक महिनादेखि बजारमा मोही बिक्री गरिरहेको छ । अहिले प्लाष्टिकको पौंचमा आधा लिटर मोही विक्री भइरहेको र छिटै प्लाष्टिकको बोत्तलमा पनि ल्याउने तयारी भइरहेको उद्योग प्रोप्राइटर सन्तोष बजगाईले बताए । २६ वर्षदेखि संचालित डेरीले सञ्जिबनी ब्राण्डमा दूध, दही, घ्यु, नौनी, पनिर उत्पादन बिक्री गर्दै आएकोमा अहिले सोही ब्रान्डमा मोही पनि बजारमा ल्याएको हो ।

विशेष गरी बजार क्षेत्रमा गाउँले स्वादको मोहीको महत्व बढाउने तथा सर्वसाधारणको मोही पिउने चाहनालाई पुरा गर्ने उद्देश्यले मोही बजारमा उपलब्ध गराइएको बजगाईले बताए । ‘भर्खर उत्पादन सुरु भएको हो । बजार राम्रै लिईरहेको छ’ बजगाईले भने, ‘‘गर्मी मौषममा शितलता प्रदान गर्न मोहीले सहयोग पुर्याउने हामीले विश्वास लिएका छौं ।’ प्रति आधा लिटर दहीको ३५ रुपैयाँ मूल्य तोकिएको छ ।

पोखरासहित, तनहुँको दमौली, भिमादलगायत बजारमा मोही बिक्री भइरहेको छ । बजगाईले २०७२ मा मोही बनाउन खोजेका थिए । तर दुधको कमीले पुरा हुन सकेन । अहिले भने पुरा गरिएको उनले बताए । बुढापाकाले बल्ल गाउँको स्वाद पाइएको र कतिपय नयाँ पुस्ताले भने मोही भनेको के रहेछ भन्ने बुझेको बजगाईको भनाइ छ ।

मोही स्वास्थ्यका लागि उपयुक्त पेय पदार्थ हो । क्याल्सियम तथा माइक्रो प्रोटिन र प्रोबायोटिक यसमा पाइन्छ । मोहीले पाचन प्रणालीमा पनि सहयोग पुर्याउँछ । रक्तचापलाई कम गर्नका लागि पनि मोही उपयुक्त मानिन्छ । हड्डी तथा दाँतका लागि पनि मोही उपयुक्त पेय पदार्थ हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->