पोखरा/गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरीबहादुर चुमानले पुजिगत खर्च बढाउन सरकारको बिषेश ध्यान जाने जनाएका छन । मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलनको अध्ययन कार्यदल समेत गठन गर्ने निर्णय गरेका छन । गत चैत २५ मा विनाविभागिय मन्त्री नियुक्त चुमानलाई हिजो शनिवारमात्र आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
कार्यदल आर्थिक मामिला मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीय रहने उनले बताए । नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान, प्रदेशप्रति थप सचेतना तथा औधोगिक पुर्बाधारको बिकास, आर्थिक स्रोतबृद्धीका लागि आबस्यक कदम चाल्ने उनले बताए । पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई र्निदेशन दिदै उनले सामान्य प्राबिधिक कमजोरीलाई टेकेर रातो कितावका योजना समेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । लगानी सम्मेलनसंगै आगामी पन्चबर्षिय योजनालाई त्यसक्रै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी रहेको छ । लगानी सम्मेलनमा पर्यटन, पूर्वाधार, जलस्रोतलगायत संभावित लगानीका क्षेत्र पहिचान गरी सोही अनुसार योजना बनाइने उनको भनाइ छ ।





