बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण– मुख्यमन्त्री अधिकारी

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण– मुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीनै तहका सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधार सहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सनमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उनले भने ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीबाट घोषणा हुनु भने सुखद रहेको उनको भनाइ थियो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न रविन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा नै प्रस्ताव मन्त्रीपरिषदमा लगेको उनले खुलाए । ‘त्यतिबेला कोही चितवन भन्ने, कोही काठमाण्डौ त छदैछ भन्ने, कोही के भन्ने त चलिरहेको थियो, त्यो प्रस्ताव क्याविनेटमा गएर होल्ड गरेको प्रस्ताव हो’ मुख्यमन्त्री अधिकारीले भने ।

नेपाल सरकारले घोषणा नगर्दा दायित्वबाट पन्छिन् खोजेको हो की भन्ने आशंका देखाएको उनको भनाई छ । ‘नेपाल सरकारले घोषणा गर्नुको भित्र धेरैं दायित्वहरु छन् । त्यो दायित्वबाट पन्छिन खोजेको त होइन । त्यही पनि हामी खुशी छौ । हाम्रो दावा रह्यो’ उनले थपे । प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई स्वामित्वको रुपमा लिएर अगाडि बढ्नुपर्ने अधिकारीको आग्रह छ । पोखरामा अझै केही पूर्वाधारको अभाव भएकोले तीनलाई पुरा गर्नुपर्नेमा उहाँको जोड थियो । ‘अन्तरराष्ट्रिय सम्मेलन गर्न क्ने खालको हलहरूको अभाव छ, होटलहरुको अभाव छ, त्यो लेभलमा पुग्नुपर्नेछ । पर्यटन राजधानी भनेपछि सबैकुरा पु¥याउदै जानुपर्छ’ मुख्यमन्त्री अधिकारीले भने ।

यहीं समयमा निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे । निजी क्षेत्र तथा सरकारी क्षेत्रबाट यस्ता धेरैं पर्यटन प्रवद्र्धनका काम हुन् भन्ने कुरामा सबै सकारात्मक हुनुपर्ने उनको भनाई थियो ।

२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले बताए । गैह्रेका अनुसार होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेका छन । उद्घाटन कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दावी गरे । पोखरालाई २४ सै घण्टा खुलाउनको लागि मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो । उहाँले पोखराको पर्यटन क्षेत्रमा ६ अर्बको लगानी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->