बागलुङ/नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले प्रदेश ४ मा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको गण्डकी प्रदेशस्थित गुडविल होटलमा बैशाख १४ र १५ गते आयोजना गरिएको कार्यक्रममा ५५ भन्दा बढी कर्मचारी सहभागी थिए । प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, लेखा, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा र सहायक निर्देशक सुदिप गिरी लगायत प्रदेश प्रमुख तथा विभागिय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
उक्त प्रस्तुतीकरणबाट कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै सलिकोले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तारमा सबैभन्दा ठुलो भुमिका कर्मचारीहरुको हुने भएकाले उनीहरुलाई दक्ष बनाउने सलिकोले रणनीति बनाएको छ ।





