पोखरा/इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को मत गणना गरिसकिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् । उनले १६५८ मत ल्याएका छन् ।
कांग्रेसका खड्कालाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले १६३० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ४३० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३०८ मत ल्याएका छन् ।





