आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सार्वजनिक जग्गा फिर्ता गर्न एमालेको ध्यानाकर्षण

सार्वजनिक जग्गा फिर्ता गर्न एमालेको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

बागलुङ/ अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न नेकपा एमाले निसिखोला वडा नं. ६ वडा कमिटिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाको वडा नं. ६ मा सामुदायिक बन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यक्तिले हालिमुहाली गरेको भन्दै एमालेले वडा कार्यालयको ध्यानाकर्षण गराएको हो ।
सार्वजनिक जग्गा र बन क्षेत्र अतिक्रमण गरेर व्यक्तिले कव्जा जमाएको भन्दै वडा कमिटिले यथास्थीतिमा जग्गा फर्काउन ज्ञापनपत्र मार्फत माग गरेको छ । वडा कमिटी इञ्चार्ज लीलाबहादुर बुढा मगरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा तत्काल जग्गा फिर्ता नभए थप कदम चाल्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->