बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महिलालाई आयआर्जनमा जोड्न गुडिया बनाउने तालिम

महिलालाई आयआर्जनमा जोड्न गुडिया बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

पोखरा/पोखरा १४ ले महिलाहरुका लागि १५ दिने गुडिया बनाउने तालिम दिएको छ ।
गत चैत २८ गतेदेखि वैशाख १६ गतेसम्म आयोजित ६० घण्टाको गुडिया तथा सजावटका सामग्री बनाउने तालिम ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले विभिन्न प्रकारका गुडिया र सजावटका सामान बनाएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै वडाअध्यक्ष बोधबहादुर कार्कीले तालिम र सिप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् । उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले मेसिन उकरण सहयोग गर्ने काकीले बताए ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले प्रशिक्षार्थीले बनाएका सामग्री सिधै बजारमा पु¥याउन लायक भएकाले प्रत्यक्ष रोजगारीमा जोडन २५ जनालाई थप १५ दिन तालिम दिने बताइन् ।
प्रशिक्षार्थी कविता परियार विक र अस्मिता परियाले आफ्नो अनुभव सुनाउँदै भने, ‘गिटी बालुवा बोकेर जीवन चलाएका हामीहरूले तालिम लिएर सिप सिक्ने अवसर पायौँ, अबको जीवन सहज हुने आशा राखेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->