पोखरा/ इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४, १६ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकको सहजताको लागि पोखरामा नयाँ सोरुम संचालनमा ल्याएको छ । टि टि ग्लोबलको नामबाट सुरु गरिएको सोरुम सिजि मोटर्सको डिलरसिप मोडेलमा रहेको छ। शुक्रबारबाट सुरु शोरुमका साथै ग्राहकको सुविधाका लागि सर्भिस स्टेशन पनि सन्चालनमा आएको कम्पनीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख डिल्लीराम रिजाल, सिजि मोटर्सका म्यानेजमेन्ट टिम साथै टि टि ग्लोबलका संचालक प्रमेश पराजुली र डिल्लीराज सुबेदीले संयुक्तरुपमा सोरुमको उद्घाटन गरेका थिए ।
सिजि मोटर्सले पोखराका लागि टि टि ग्लोबललाई आधिकारकि डिलर्सिप दिदै पोखरामा सरलरुपमा इभि गाडीहरुको बिक्री बितरण पनि सुरु गरेको छ। सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकको पहिलो रोजाइको रुपमा स्थापित भएको छ । १७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ वर्ष अथवा १५०००० हजार कि मि को वारेण्टी रहेको छ। साथै नेपालको सर्वाधिक बिक्रीहुने इ भि भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । हाल नेपालभर १२० भन्दा धेरै स्थानमा चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध हुदैछ ।






