बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक– मुख्यमन्त्री अधिकारी

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक– मुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितकालागि विचौलियाको अन्त्य हुुनुपर्ने बताएका छन । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आयोजित तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा अधिकारीले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा पुलको काम सरकारले गर्नुपर्ने बताए ।

विचौलियाका कारण उपभोक्ता चर्को मुल्य तिर्न बाध्य हुनुपर्ने तथा पशुपालक किसानलाई लागत खर्च उठाउन मुस्किल भएर पलायन हुनुपर्ने अवस्था देखिएको उनको भनाइ छ । पशु फार्मका सञ्चालक, सरकार र बीमा कम्पनी मिलेर तीन पक्षीय सम्झौता अनुसार काम गर्न सकिने मुख्यमन्त्री अधिकारीको विश्वास छ । ‘विचौलियाको अन्त्य गर्दै किसानबाट सीधै खरिद गरेर उपभोक्तासम्म पु¥याउने काम सरकारले गर्नुपर्छ, पशुपालक किसानलाई उचित मूल्य र व्यवसायिक सुरक्षाको प्रत्याभूत गराउनुपर्छ’ उनले भने ।

स्थानीय सरकार तथा प्रदेश सरकारले न्यूनतम सर्मथन मुल्य तोकेर मासु खपत गराउने र बजारसम्म पु¥याउने काम गर्नुपर्नेमा उनको जोड छ । किसानलाई निर्वाहमुखी मात्र नभई यान्त्रिकीकरण र वैज्ञानिककरण गर्दै लाभ लिनसक्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । यो क्षेत्रमा देखिएका समस्यालाई पहिल्याउदै समाधानका लागि प्राप्त हुने विकल्पमा सहयोग गर्न सरकार तयार रहेको अधिकारीले जनाए । विभिन्न रोगका प्रकोप तथा विपद्का घटनाका कारणसमेत पशुपालन क्षेत्रमा लागेका किसानलाई समस्या हुने गरेको भन्दै सुरक्षाका उपाय अपनायर व्यवस्थित गोठ निर्माण र सरसफाईमा समेत ध्यान दिनुपर्ने उनले औल्याए ।

किसानलाई मासु तथा दुग्धजन्य पर्दाथ उत्पादन गरेपछि कहाँ बेच्ने भन्ने चिन्ता समेत हुने गरेकोले बजारीकरणसहित बजारको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उनले बताए । यसको लागि उपयुक्त योजना बनाउन पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयलाई निर्देशन दिदै उनले आवश्यक बजेट उपलब्ध गराउन सरकार तयार रहेको जनाए । गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र बन्दै गरेको कारण त्यसलाई थप परिपक्क बनाउन समेत सुझाब दिन उनको आग्रह थियो । यहाँ देखिएको बहुआयामिक गरिबी हटाउन कृषि र पशुपालनलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । ‘कृषि र पशुपालनलाई जबसम्म अगाडि बढाउन सकिन्न, हाम्रो बहुआयामिक गरिबी हटाउन पनि सक्दैनौ, त्यसमा ध्यान दिएर जाने हो’ उनले भने । गण्डकी प्रदेशलाई मासु, माछा, अण्डा, दुध लगायतमा केही समयमानै पूर्ण आत्मनिर्भर बनाउँदै निर्यात गर्नसक्ने ठाउँमा पु¥याइने दावी समेत मुख्यमन्त्री अधिकारीको थियो ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा.टंकप्रसाद प्रसाई, निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाँइ भट्टराई, डा. बालकुमार श्रेष्ठ, डा.सपना लक्ष्मी घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले प्रगति विवरण सहितका प्रस्तुती राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->