बागलुङ/शिक्षण पेशामा आवद्व भएपनि संगीत क्षेत्रलाई माया गर्ने सर्जक नविन शर्माले ‘प्रतिक्षा’ गीत बजारमा ल्याएका छन् । प्रेम सम्बन्धमा आउने उतारचढावलाई केन्द्रित गरी तयार गरिएको ‘प्रतिक्षा’ गीतमा शब्द, स्वर र कम्पोज शर्मा आफ्नै रहेको छ ।
गुठी युवा क्लब बागलुङको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोको निर्देशन दिपेन्द्र रुचालले गरेका हुन् भने भिडियोमा सुवास रुचाल, रितु रसाइली र शर्मा स्वयंमले अभियन गरेका छन् । भिडियाको छायांकन भने विष्णु थापा मगरले गरेका हुन ।
बागलुङ नगरपालिकाको सहिद स्मृति पार्कदेखि पर्वत पाङको अदुवाबारी जोड्ने एशियाको लामो झोलुङ्गे पुल र पर्वतका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रेममा परेपछि आउने उतारचढावलाई गीतमार्फत व्यक्त गरिएको गायक शर्मा बताउँछन् ।
भिडियो हेर्नुहोस् ।





