बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु

पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं १० ले वडाभित्रका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडास्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै वडाध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधी भएर वडामा आएदेखि वडाभित्रका युवालाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी आत्मनिर्भर बनाउने अभियानमा लागि परेको वताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार ब्यवशाय गर्न सक्ने उनको भनाइ थियो ।

उक्त अवसरमा तालिमका समन्वयकर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने वताउदै आफुहरुले ४५ दिनसम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन । ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->