बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी जग्गा तथा आवास बिकास व्यवसायी संघमा घनश्याम

गण्डकी जग्गा तथा आवास बिकास व्यवसायी संघमा घनश्याम


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८१, शनिबार

पोखरा/ गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको अध्यक्षमा घनश्याम शर्मा लामिछाने निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न बिसौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मतरुमा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा लेखराथ हमाल, महासचिवमा कमल बस्नेत, सचिवमा रमेश बराल, कोषाध्यक्षमा शिवप्रसाद न्यौपाने निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा खुमबहादुर थापा, रबिनबहादुर केसी, कमला गिरी, नरेश पोखरेल, मधु गुरुङ, इन्द्रप्रसाद त्रिपाठी, संकल्प बसेल रहेका छन् । संघका निबर्तमान अध्यक्ष अरुण स्तोम त्रिपाठी पदेन सदस्य रहनेछन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि कारक रहेको बताए । वार्षिक १५ खर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार हुने गरेकामा कोरोना महामारी र आर्थिक मन्दीका कारण उक्त कारोबार घटेको लोहनीले बताए । घरजग्गा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले घरजग्गा कारोबार नियमावली ल्याउन जरुरी भएको उनको भनाइ छ ।

संघका नवनिर्वाचित अध्यक्ष घनश्याम शर्माले सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता जनाए । संघको निबर्तमान अध्यक्षमा अरुण स्तोम त्रिपाठीले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । नयाँ कार्यसमितिलाई सफल बनाउन आफ्नो ठाउँबाट सक्दो साथ दिनेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->