मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

विद्यालयबाट ल्यापटप चोर्ने ४ बालक पक्राउ

विद्यालयबाट ल्यापटप चोर्ने ४ बालक पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित बरपाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयको ढोका फोरेर ल्यापटप तथा ईलेक्ट्रोनिक डिभाइसलगायत चोरी गर्ने ४ बालक पक्राउ परेका छन । उनीहरुले शुक्रबार राती बिद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा समेतको ढोका फोरेर सामान चोरी गरेका थिए ।

उनीहरुले ल्यापटप ११ वटा, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरी लगेको साथै सोही विद्यालयको अन्य ल्याप्टप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभि मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिष्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई चोरीको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको टोलीले अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाँदा शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ वटा बिग्रिएको अवस्थामा, ७ वटा चालु अवस्थामा रहेका ल्यापटपसहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->