बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौः मुख्यमन्त्री अधिकारी

उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौः मुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने दावी गरेका छन । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले शनिवार पोखरामा गरेको प्रदेशस्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रियामा बोल्दै उनले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने बताएका हुन । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उनको भनाई थियो ।

‘बजेट बनाउँदा किसानले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उनले भने । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गरे । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने उनले बताए ।

विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले यसमा केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछांै, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उनले भने । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्था सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->