बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्री अधिकारीद्वारा २ सडक र एक पुलको उद्घाटन

मुख्यमन्त्री अधिकारीद्वारा २ सडक र एक पुलको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारले बनाएका सडक तथा पूलको शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन । भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे ¥याले सडकको उद्घाटन गरिएको हो ।

वडा कार्यालय र पूर्वाधार विकास कार्यालय कास्कीद्वारा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङसमेत सहभागी थिए । पूर्वाधार विकास कार्यालय कास्कीका सिडिइ शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका हुन् ।

भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटर सडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई ८ मिटर रहेको छ ।
भूतेखोला मोटरवेल पूल निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटर लम्बाइको रहेको छ ।
घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भएपनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल ३ किमी सडक मध्ये ८ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औल्याए । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । ‘पूर्वाधार गाउँमा हुने तर मानिसहरु गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’ उनले भने ।

पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->