बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भारतीय निर्वाचनका कारण तीन दिन सीमा नाका बन्द रहने

भारतीय निर्वाचनका कारण तीन दिन सीमा नाका बन्द रहने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८१, मंगलबार

पोखरा/भारतसंग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाका तीन दिन बन्द हुने भएको छ । छिमेकी राष्ट्र भारतको बिहार राज्यको बाल्मिकीनगर र पश्चिम चम्पारण निर्वाचन क्षेत्रमा यही जेठ १२ गतेका दिन लोकसभा निर्वाचन हुन लागेकाले निर्वाचन सुरक्षालाई मध्यनजर राख्दै नेपालसंगको सीमा नाका निर्वाचन हुने भन्दा ४८ घन्टा अघिदेखि बन्द हुने नवलपुर जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गरी त्रिवेणी बाल्मिकीनगर सीमा नाका जेठ १० गतेदेखि १२ गतेसम्म बन्द रहने जनाएका हुन ।

भारतको कलेक्टोरेट वेस्ट चम्पारण बेतिहाले पत्र पठाएपछि नेपाल भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा भएको निर्णय समेतका आधारमा उक्त निर्णय गरिएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->