बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा २६ मा व्यूटिसियन तालिम

पोखरा २६ मा व्यूटिसियन तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै वडाध्यक्ष वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । थापाले महिला दिदीबहिनीकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने बताए ।

अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम समापनको संघारमा रहेको बताए । क्षमता अभिबृद्धि र शिप विकासलाई सँगसँगै अगाडी बढाईएको उनले जनाए । विद्यार्थीका लागि पढ्दै, कमाउँदै कार्यक्रम अन्र्तगत १२ कक्षामा अध्ययनरत ११ छात्राहरुलाई बालविकास सम्वन्धी तालिम दिएर प्रशिक्षार्थीका रुपमा विभिन्न विद्यालयमा पठाईएको उनको भनाई थियो । आगामी व र्षको बजेटमा वडाले शिप विकास, कृषि, शिक्षा र स्वास्थ्यमा थप प्रभावकारी बनाउन विशेष बजेट विनियोजन गर्ने स्पष्ट पारे ।

वडा महिला सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए । ४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->