बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

पोखरा/ पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्ग लक्षित गरी उपलब्ध सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्जको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश, प्रमुख प्रदेश अधिकृत राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक बर्ग, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनी अत्याधुनिक सेवा तथा सुबिधा उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितपे्रमी लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहुचर्चित छ । त्यसैगरी, ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौं मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->