बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्थिक वृद्धिदरमा गण्डकी अब्बल, अर्थतन्त्र आकारमा कमजोर

आर्थिक वृद्धिदरमा गण्डकी अब्बल, अर्थतन्त्र आकारमा कमजोर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

पोखरा/राष्ट्रिय तथ्याङ्क विभागले सार्वजानिक गरेको प्रादेशिक लेखा अनुमानले गण्डकी प्रदेश व्यक्तिको आर्थिक वृद्धिमा अब्बल देखिए पनि अर्थतन्त्रको आकारमा भने कमजोर देखिएको छ ।
बुधबार पोखरामा सार्वजानिक गरिएको अनुमान अनुसार गण्डकीको प्रतिव्यक्ति आय राष्ट्रिय स्तरको भन्दा पनि बलियो देखिएको हो तर औद्योगिक वर्गीकरण अनुसार भने गण्डकीको उत्पादन वृद्धिदर निकै कम देखिएको छ । अर्थतन्त्रको आकार अनुसार बागमतीको २० खर्ब रहँदा गण्डकीको ५ खर्ब रहेको छ । गण्डकीभन्दा लुम्बिनी, कोशी र मधेश प्रदेश अघि देखिन्छन् ।
प्रादेशिक आर्थिक वृद्धिदरको प्रारम्भिक अनमान हेर्दा प्रति व्यक्ति आय गण्डकीको कुल ४.५५ प्रतिशत रहेको छ । दोस्रो नम्बरमा लुम्बिनी प्रदेश ४.०५ प्रतिशत रहेको छ । सबैभन्दा थोरै वृद्धिदर भने कर्णालीको ३.३९ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व.३०८०÷०८१ का लागि करिब रु. ५ खर्च १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । आ.व. ०७९÷८० मा करिब रु. ४ खर्च ८४ अर्व रहने संशोधित अनुमान छ । चालु वर्षमा प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने अनुमान छ । त्यसैगरी, प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ४.५५ प्रतिशत र ०७९÷८० मा ३.३० प्रतिशत रहने संशोधित अनुमान छ । प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरै कृषि, वन तथा मत्स्य क्षेत्रमा २५.७२ र सबैभन्दा न्यून प्रशासनिक सहयोगी सेवा क्षेत्र ०.३१ प्रतिशत योगदान रहने प्रारम्भिक रहेको छ ।
कृषि क्षेत्रको योगदान अग्रस्थान २५.४३ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३१ मा रहने संशोधित अनुमान गरिएको छ । गण्डकी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु वर्षका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.८४ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –१.९६ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्कक कार्यालयका निर्देशक ज्ञानेन्द्र बज्राचार्यले आर्र्थिक वृद्धिदरमा गण्डकी अब्बल रहेको बताए । उनले आवास, सेवा र भोजनमा गण्डकीको स्थिति लोभलाग्दो रह पनि निर्माणात्मक क्षेत्रमा निकै कम्जोर रहेको सुनाए । गण्डकीले निर्माणात्मक क्षेत्रमा धेरै सुधार गर्नुपर्ने देखिएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडाले गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले आवास, सेवा र भोजनमा अग्रस्थानमा रहेको सुनाए । उनले अझै पनि प्रदेश स्तरमा तथ्याङ्क अनुसार काम गर्न नसक्दा नीति तथा योजनामा काम गर्न निकै कठिन भएको सुनाए ।
उनले गण्डकीलाई केन्द्रले ल्याण्डलक गरेर राखेको अनुभूति भएको र प्रथम र द्धितीय क्षेत्रमा सुधार गर्न अत्यावश्यक रहेको बताए । ‘हामी ल्याण्डलक भएका हौ की भन्ने पनि देखिन्छ जसरी हामी प्रथम क्षेत्र निर्माणमा गुजाराका रुपमा छौ र द्धितीय क्षेत्रलाई फस्टाउन सकिरहेका छैनौं त्यसलाई यथाशीघ्र सुधार गर्नुपर्छ’ उनले भने, ‘अब गण्डकीमा त्रिवेणी नाका र कोरला नाकाबाट सिद्यैँ आयात र निर्यात गर्ने बाटो खुल्ला गर्नुपर्छ । यसले गण्डकीको अर्थतन्त्रलाई मजबुत बनाउछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->