पोखरा/सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत २९ जना गरीब तथा असहाय छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङको अध्यक्षता तथा अधिवक्ता तारा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।





