पोखरा/मनाङमा अवस्थित फार्म हाउस होटल रप्रभु बैंक लिमिटेड बीच आफ्ना कर्मचारी तथा ग्राहक वर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमद्घारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा बिशेष छुट प्राप्त गर्न सक्ने छन् ।
एग्रो मनाङ प्रालिद्धारा संचालित फार्म हाउस होटल बिगत पाँच वर्षदेखि संचालनमा आएको मनाङ जिल्लाकै सुबिधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।





