बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सात प्रदेशको आर्थिक पहिचानः ‘गण्डकीको पहिचान पर्यटन’

सात प्रदेशको आर्थिक पहिचानः ‘गण्डकीको पहिचान पर्यटन’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा / संघीय सरकारले ७ वटै प्रदेशमा लगानी विस्तार गर्नको लागि प्रदेशको आर्थिक पहिचान दिएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने बताए ।

अर्थमन्त्री पुनले कोशी प्रदेशलाई उद्योगको प्रदेशको रूपमा पहिचान गरिएको बताए । मधेस प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन र लुम्बिनी प्रदेशलाई साना तथा मझौला उधोगको प्रदेशको रूपमा पहिचान गरेको उल्लेख गरे ।

कर्णाली प्रदेशलाई जडिबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको आर्थिक हबको बनाउने बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->